दफा २०
सम्पत्ति वा साधन लिलाम बिक्री सम्बन्धी कार्यविधि
(१) यस ऐन बमोजिम जफत
गरिएको सम्पत्ति वा साधनको दफा १८ बमोजिम मूल्याङ्कन गरे पछि विभाग वा सम्बन्धित
जिल्ला प्रशासन कार्यालयले त्यस्तो सम्पत्ति वा साधन सार्वजनिक रुपमा लिलाम बिक्री गर्नु
पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्ति वा साधन सार्वजनिक रुपमा लिलाम बिक्री गर्दा
त्यस्तो सम्पत्ति वा साधनको प्रकृति तथा मूल्यको आधारमा सात दिनदेखि पैंतीस
दिनसम्मको सूचना राष्ट्रियस्तरको पत्रपत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
तर दफा २१ बमोजिम सम्पत्ति वा साधन लिलाम बिक्री गर्दा वा पचास हजार
रुपैँयाभन्दा कम मूल्य कायम भएको सम्पत्ति वा साधन लिलाम बिक्री गर्दा जिल्ला प्रशासन
कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सम्बन्धित कार्यालय, उद्योग वाणिज्य संघ
तथा स्थानीय निकायको कार्यालयमा सूचना टाँस गरी लिलाम बिक्री सम्बन्धी कारबाही गर्न
सकिनेछ ।
(३) उपदफा (२) बमोजिम गरिने लिलाम बिक्रीमा सहभागी हुन चाहने व्यक्तिले
तोकिए बमोजिमको रकम विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकिदिएको
धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।
(४) सम्पत्ति वा साधन लिलाम बिक्री गर्दा दफा १८ बमोजिम निर्धारण गरिएको
मूल्यमा नघट्ने गरी सबैभन्दा बढी मूल्य कबोल गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम सम्पत्ति वा साधन लिलाम बिक्री गर्दा लिलाम सकार
गर्ने व्यक्तिलाई त्यस्तो सम्पत्ति वा साधन उठाई लैजान सम्पत्ति वा साधनको प्रकृति हेरी
तीन दिनदेखि पैंतीस दिनसम्मको म्याद दिनु पर्नेछ ।
(६) बढी मूल्य कबोल गर्ने व्यक्तिले लिलाम सकार नगरेमा वा उपदफा (५)
बमोजिम दिइएको म्यादभित्र लिलाम सकार गर्न नआएमा निजले राखेको धरौटी जफत गरी
सोभन्दा घटी दोस्रो, तेस्रो र आवश्यकता अनुसार क्रमश ः पछिल्लो बढी मूल्य कबोल गर्ने
व्यक्तिलाई लिलाम बिक्री गर्नु पर्नेछ ।
(७) उपदफा (२), (४), (५) वा (६) बमोजिम लिलाम बिक्री सम्बन्धी कारवाही गर्दा
समेत कसैले पनि लिलाम सकार नगरेमा त्यस्तो सम्पत्ति वा साधनको पुन मूल्याङ्कन गरी
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
ज्ञद्द
लिलाम बिक्रीको लागि बढीमा दुई पटक पन्ध्र दिनसम्मको म्याद दिई सूचना प्रकाशन गर्नु
पर्नेछ ।
तर सवारी साधन लिलाम बिक्रीको लागि सूचना प्रकाशन गर्दा प्रत्येक पटक
एक्काईस दिनको म्याद दिई सूचना प्रकाशन गर्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम गर्दा समेत सम्पत्ति वा साधन लिलाम बिक्री हुन
नसकेमा विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले त्यस्तो सम्पत्ति वा साधन
धातुको भए कवाडीको रुपमा वा वार्ता गरी उपयुक्त रुपमा लिलाम बिक्री गर्नु पर्नेछ ।
(९) सम्पत्ति वा साधन लिलाम बिक्रीको लागि उपदफा (२) वा (७) बमोजिम सूचना
प्रकाशन गर्दा त्यस्तो सूचना विभागको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ ।